अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

फिलिपिन्समा आगलागीबाट दर्जनभन्दा बढी घर नण्ट एकै परिवारका ४ जनाको मृत्यु, ८ घाइते

बिआरटीनेपाल २०८० फागुन १६ गते ५:२१ मा प्रकाशित

मध्य फिलिपिन्सको सेबु शहरमा एक दर्जनभन्दा बढी घरहरू जल्नेगरी भएको आगलागीमा एकै परिवारका चार जनाको मृत्यु भएको स्थानीय अग्निनियन्त्रकले बताएका छन् । स्थानीय समयअनुसार मंगलवार राति २ः०० बजतिर आगलागी हुँदा उनीहरू गहिरो निन्द्रामा रहेको नगरीय दमकल कार्यालयका वेन्डेल भिलानुएभाले बताएका छन् ।

आगलागीबाट बाँचेकी एक छोरीले सुरक्षाकर्मीसँगको कुराकानीमा आगलागीमा आमाबाबु र दुई भाइहरूको मृत्यु भएको बताइन् । उनले भनिन्, ‘बुवा, आमा र दुई भाइ घरको तेस्रो तलामा सुतिरहेको तथा अन्य सदस्य तल्लो तलामा सुतिरहेको अवस्थामा आगलागी भएको र माथिल्लो तलामा रहेका चार जनाको मृत्यु भएको छ ।’ आगलागीमा परी परिवारका अन्य आठ जना सदस्य घाइते भएका छन् ।

आवासीय क्षेत्रमा द्रूत गतिमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकलाई तीन घण्टा लागेको थियो भने आगलागीका कारण नजिकका ३० परिवार प्रभावित भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू