अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

प्रसिद्ध भारतीय गजल गायक पंकज उदासको निधन

बिआरटीनेपाल २०८० फागुन १४ गते ६:३७ मा प्रकाशित

भारतका प्रसिद्ध गजल गायक पंकज उदासको निधन भएको छ। उहाँको ७२ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो। उदासको निधनबारे उहाँकी छोरी नायाब उदासले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो उदास लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो। उहाँलाई १० दिन पहिले मुम्बईंको ब्रिच क्याण्डी अस्पताल भर्ना गरिएको थियो।

पंकज उदास सन् १९५१ मे १७ मा गुजरातको जेतपुरमा जन्मिनुभएको थियो। आफ्ना तीन भाइमध्ये उहाँ सबैभन्दा कान्छा हुनुहुन्थ्यो। उदासले आफ्नो सांगीतिक यात्राको सुरुवात सन् १९८० मा ‘आहट’ नामको गजल एल्बमबाट गर्नुभएको थियो। उहाँले बलिउड चलचित्र ‘नाम’का लागि गाएको गजल ‘चिठ्ठी आई है’ लोकप्रिय बनेपछि उनको चर्चा चुलिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू