अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ

बिआरटीनेपाल २०८० फागुन १२ गते ४:३५ मा प्रकाशित

पछिल्लो समय अष्ट्रेलियाले विदेशी विद्यार्थी भिसामा कडाइ गरेको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार ६ महिनामा गत डिसेम्बर २०२३ मा कुल अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनहरूमध्ये ८०.९ प्रतिशत मात्रै स्वीकृत भएको हो ।

आर्थिक वर्ष २०२२–०२३ मा ८६ प्रतिशत र २०२१–०२२ मा ९१.५ प्रतिशत स्वीकृत भएको थियो । २००५—२००६ पछिकै कम विद्यार्थी भिसा स्वीकृत भएको हो ।

सरकारको नयाँ आप्रवासन रणनीतिअनुसार कम भिसा स्वीकृत भएको हो । २०२३ मा तीन तहका संस्थानहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको भिसा स्वीकृति ६० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू