अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

मध्य गाजापट्टीमा इजरायली आक्रमणबाट ४० जनाको मृत्यु

बिआरटीनेपाल २०८० फागुन ११ गते ६:३३ मा प्रकाशित

मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै सयभन्दा बढी घाइते भएका छन् । प्यालेस्टाइनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली विमानहरूले देइर अल–बालाह शहरका धेरै आवासीय घरहरूमा आक्रमणहरू गरेका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितको शव अल–अक्सा शहीद अस्पतालमा सारिएको जनाएको छ । इजरायली आक्रमणहरूले छिमेकलाई गम्भीर रूपमा क्षतिग्रस्त बनाएपछि एम्बुलेन्सहरू र नागरिक रक्षा टोलीहरू मानिसहरूलाई बचाउन हमला भएको ठाउँमा पुगेका थिए ।

चिकित्सा स्रोतहरूले अल–अक्सा शहीद अस्पताल अहिले हजारौं घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू