अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

भारतमा आन्दोलनरत किसानद्वारा सरकारको प्रस्ताव अस्वीकार

बिआरटीनेपाल २०८० फागुन ८ गते ६:१२ मा प्रकाशित

भारतमा आन्दोलनरत किसान सङ्गठनले केन्द्र सरकारको प्रस्तावलाई अस्वीकार गरेका छन् ।हरियाणा–पञ्जाबको शम्भु सीमामा पत्रकार सम्मेलन गरेर किसान सङ्गठनले केन्द्र सरकारले गरेको पाँच बालीमा मात्र न्यूनतम समर्थन मूल्य दिने प्रस्ताव अस्वीकार गरेको हो ।

अस्ति शनिवार किसानसँगको वार्तामा केन्द्र सरकारले पाँच बालीमा न्यूनतम समर्थन मूल्य दिने प्रस्ताव गरेको थियो तर त्यसका लागि किसानले भारतीय राष्ट्रिय कृषि सहकारी बजार महासङ्घ र भारतीय कपास कर्पोरेशनसँग पाँच वर्षे सम्झौता गर्नुपर्ने सर्त राखेको बीबीसी हिन्दीले जनाएको छ । पत्रकार सम्मेलनमा किसान नेता जगजितसिंह डल्लेवालले सबै किसानसँगको छलफलपछि सरकारको प्रस्तावलाई किसान सङ्गठनले अस्वीकार गरेको बताउनुभएको छ  ।

उहाँका अनुसार किसानहरूले २३ वटा बालीमा न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने व्यवस्था कानुनमै उल्लेख गर्नुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू