अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१९ | Colorodo: 22:34

भारतमा किसान आन्दोलनको दोस्रो दिन आज पनि दिल्लीमा सुरक्षा व्यवस्था कडा

बिआरटीनेपाल २०८० फागुन २ गते ४:११ मा प्रकाशित

किसान आन्दोलनको दोस्रो दिन आज पनि दिल्लीमा गाडी सञ्चालनमा समस्या हुने भन्दै नागरिकका लागि ट्राफिक एड्भाइजरी अर्थात विभिन्न रुटबारे जानकारीसहितको सूचना निकालिएको छ । दिल्ली ट्राफिक प्रहरीले बन्द हुने सडक र खुल्ला हुने सडकबारे जानकारीसहित सूचना निकालेको हो ।यही सूचनाको आधारमा यात्राको योजना बनाउनुपर्ने र भिडभाड हुने समयमा यी रुटबाट टाढा हुन पनि प्रहरीले आग्रह गरेको छ । हिजो किसानको प्रदर्शनका कारण विभिन्न क्षेत्रमा घण्टौसम्म गाडी जाम भएको थियो । किसानको विरोधका क्रममा हिजो भएको गतिविधिलाई ध्यानमा राख्दै दिल्ली मेट्रोका धेरै स्टेशनका ढोकाहरू हिजैदेखि बन्द गरिएको छ  ।

तर, रातिको समयमा भने अबेरसम्म खोलिएको थियो । हिजो हरियाणा सीमामा प्रवेश गर्न खोजिरहेका आन्दोलित किसानहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार थियो । त्यसपछि किसान र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । आज फेरि किसानको विरोध प्रदर्शनका क्रममा झडप हुनसक्ने भन्दै दिल्ली र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको बीबीसी हिन्दीले जनाएको छ । आफूले फलाएको अन्नबालीले उचित मूल्य पाउनुपर्ने लगायत मागसहित भारतको हरियाणा, पन्जाब र उत्तर प्रदेश राज्यका किसानले प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू