अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

रुसमा महिलाको प्रदर्शन

बिआरटीनेपाल २०८० माघ २२ गते ७:२८ मा प्रकाशित

रुसमा युद्ध लडिरहेका सैनिकका परिवारजनले आफना पतिलाई युद्धग्रस्त क्षेत्रबाट घर फर्काउन माग गर्दै भएकोे प्रदर्शनका क्रममा २७ महिला पक्राउ परेका छन् । रुस–युक्रेन युद्धको ५ सय दिन नाघिसक्दा पनि आफना परिवारसँग भेटघाट नभएको भन्दै उनीहरुले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको चुनाव मुख्यालयमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी सयौं महिलामाथि प्रहरीले धरपकड गरी पक्राउ गरेको हो ।

ती महिलाको समुह रुसको क्रेमलिनमा भेला भइ राष्ट्रपतिको चुनाव मुख्यालयमा पुगेर युद्धग्रस्त क्षेत्रबाट आफना परिवारका सदस्यलाई फर्काउन माग गर्दै प्रदर्शनमा उत्रेका हुन् । प्रदर्शका क्रममा प्रहरी सँगको झडपमा केही विदेशी पत्रकार पनि पक्राउ परेका छन् । पक्राउ पर्ने विदेशी पत्रकारहरुमध्ये फ्रान्स र जापानका पत्रकारहरु रहेका छन् .

रुसले युक्रेनसँग युद्ध छेडेपछि हजारौंको संख्यामा रुसी सैनिकहरुको मृत्यु भइसकेको छ । रुसमा आगामी मार्च १५ देखि १७ तारिखसम्म हुने राष्ट्रपतिका दावेदार पुटिनलाई यस प्रकारको प्रदर्शनले केही प्रभाव पर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू