अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 00:16

युक्रेनलाई ५५ अर्ब डलरको सहायता प्याकेज उपलब्ध गराउन ईयू देश सहमत

बिआरटीनेपाल २०८० माघ १८ गते ५:४४ मा प्रकाशित

युक्रेनलाई ५५ अर्ब डलरको सहायता प्याकेज उपलब्ध गराउन युरोपेली युनियन (ईयू) मा आबद्ध सबै देश सहमत भएका छन् । बेल्जियमको ब्रसेल्समा आज बसेको युनियनका २७ वटै देशका नेताहरूको बैठकले युक्रेनलाई ५५ अर्ब डलर अर्थात् ७३ खर्ब रुपैयाँ बराबरको सहायता दिनेबारे सहमति गरेको हो । युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले सम्झौतामा सबै एकमत भएको र यसले रुससँग लडिरहेको युक्रेनलाई ठूलो राहत हुने बताउनुभएको छ ।

यसअघि गएको डिसेम्बरमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले सहमति नदिँदा सहायता रकमबारे निर्णय हुन सकेको थिएन । आजको सहमतिपछि ईयू आयोगकी अध्यक्ष उर्सुला भोन डरलेनले युरोपका लागि खुसीको दिन भएको बताउनुभएको छ । यो सहयोगले युक्रेनले रुसविरुद्ध लड्न थप हतियार, प्रविधि र जनशक्तिको जोहो गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू