अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

इजरायललाई अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न साउदीको आग्रह

बिआरटीनेपाल २०८० माघ १६ गते ४:४३ मा प्रकाशित

साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले इजरायललाई अन्तर्राष्ट्रिय कानुूनको सम्मान गर्न आग्रह गर्नुभएको छ । साउदी राज्यको स्वामित्वमा रहेको अल अरबिया न्युज च्यानलका अनुसार विदेशमन्त्री साउदले आफ्नो इजिप्टका समकक्षी समेह शौकरीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनको क्रममा यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले दुवै पक्षले गाजा पट्टीमा युद्धविराम गर्न आह्वान गर्नुभयो ।

इजरायलले गाजाको मानवीय अवस्थाको बारेमा अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) को निर्णयलाई अस्वीकार गरेकोमा बोल्दै विदेशमन्त्री साउदले अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय मानवीय कानूनहरू अरूलाई जस्तै इजरायललाई पनि लागू हुनुपर्नेमा जोड दिनुभयो । साउदीले साउदी अरेबिया र अन्य अरब राष्ट्रहरूले प्यालेस्टिनी जनताको सुरक्षाका लागि दबाब जारी राख्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू