अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४३ | Colorodo: 06:58

नयाँ वर्षको शुभकामना

दामोदर लुइटेल २०८० पुष १७ गते ८:०२ मा प्रकाशित

नयाँ जोश जाँगर, उमङ्ग र हर्ष,
सबै साथ लिई आयो नयाँ वर्ष ।

सुकेका ती रुख, झरेका ती पात
दु:खइ दुःख गरी बितेका ती रात,
सबै छन् हँसिला सबै छन् रसिला,
कुनै बिस्मात नमानी सबै छन् उज्याला
थियो दुबै यहाँ बिस्मात र हर्ष
सबै साथ लिई आयो नयाँ वर्ष ।

पुराना बितेका सबै दुःख भाग्यो,
पालुवा र मुना नव सृष्टि जाग्यो,
हँसिलो रसिलो नव कान्ती ल्यायो
खुशीयाली ल्याई नयाँ वर्ष आयो ।

पुराना बितेका यादहरू बिर्सँदै,
नयाँ कामना र हातेमालो गर्दै,
थियो दुवैको यहाँ बिस्मात र हर्ष,
ती दिनलाई बिर्सी आयो नयाँ वर्ष ।

अँध्यारो गुजारी उज्यालो उघारी
जता हेर्‍यो त्यतै नयाँ फूलबारी
भवसागर जस्तो सबै दुःख काटी
आकाश माथिको कालो बादल फाटी
विगतलाई बिदाइ आगतलाई स्वागतार्थ
लौन हेर नौलो आयो नयाँ वर्ष ।

त्यसैले सबैतिर छायो खुशीयाली स्वर,
ह्याप्पी ह्याप्पी ह्याप्पी न्यु एअर ट्वान्टी ट्वान्टीफोर
ट्वान्टी ट्वान्टीथ्रीलाई बाइ बाइ ट्वान्टी ट्वान्टीफोरलाई हाइ हाइ ।

प्रतिक्रिया