अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३०
| Colorodo: 23:45
इंग्लीश प्रिमियर लिग फुटबलमा अर्सनलले लुटन टाउनलाई ४–३ ले हराएको छ । लुटन टाउनको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टिनेली, ग्याब्रियल जिसस, काई हाभर्ट्ज र डेक्लन राइसले एक एक गोल गरे । लुटनका ग्याब्रियल ओशो, एलिया अडेबायो र रोस बार्क्लेले एक एक गोल फर्काए । जितसँगै आर्सनलले प्रिमियर लिगको तालिकामा दोस्रो स्थानको लिभरपुलमाथि ५ अंकको अग्रता लिएको छ ।
१५ खेलबाट आर्सनलको ३६ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुलको ३१ तथा म्यान्चेस्टर सिटीको ३० अंक छ । मंगलबार राति भएको अर्को खेलमा वुल्भरह्याम्प्टन वान्डरर्सले बर्न्लेलाई १–० ले हराएको छ ।