अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

हमासले आक्रमणका क्रममा महिलालाई बलात्कार गरेको खुलासा

बिआरटीनेपाल २०८० मंसिर २० गते ५:५२ मा प्रकाशित

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्ने क्रममा माहिलालाई बलात्कार तथा यौन हिंसा गरेको खुलासा भएको छ । बीबीसीका अनुसार आक्रमणमा मारिएका व्यक्तिहरुको शव संकलनका काममा संलग्न व्यक्तिहरुको बयानका आधारमा हमासको यो कर्तुत उजागर भएको हो ।सोही दिन इजरायलको नोभा संगीत समारोहमा उपस्थित महिलालाई हमासका लडाकुहरुले सामुहिक बलात्कार गर्नुका साथै केहीलाई अंगभंग र यौन हिंसा गरेको खुलासा भएको हो ।

आक्रमणका दिन खिचिएको दृश्यमा रगतले लतपतिएका महिलाका नांगो शरीर र अंगभंग गरिएको देखिएको छ । प्रहरीले इजरायलका सञ्चारकर्मीहरुलाई एक इजरायली महिलाको भिडियो सार्वजनिक समेत गरेको छ । जसमा एक महिलालाई सामुहिक बलात्कार गरी अंगभंग गरेपछि गोली प्रहार गरेको देखाइएको छ । हमासले आक्रमणका क्रममा संगीत समारोहमा सहभागीहरुमध्ये एक सयभन्दा बढीको हत्या गरेको थियो भने केहीलाई बन्धक बनाइ लगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू