अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने पहिलाे देश बन्याे चीन

बिआरटीनेपाल २०८० मंसिर २० गते ५:२६ मा प्रकाशित

चीनले तालिबान सरकारले ताेकेका कुटनीतिज्ञलाई अफगानिस्तानका राजदूतकाे हैसियत दिएकाे छ । याेसँगै चीन तालिबानलाई आधिकारिक मान्यता दिने पहिलाे देश बनेकाे छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई मङ्गलवार एक मिडिया ब्रिफिङका क्रममा के चीनले तालिबानलाई अफगानिस्तानकाे वैध सरकारकाे रूपमा मान्यता दिन्छ भनेर साेधिएकाे थियाे । याे प्रश्नकाे जवाफमा मन्त्रालयका प्रवक्ता वेनबिनले भन्नुभयाे, ‘अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बहिष्कृत गर्न नहुने चीनको मान्यता छ ।’

यसअघि पनि तालिबानले ताेककाे बिलाल करीमीलाई चीनले राजदूतको हैसियत दिएको खबर बाहिर आएको थियो ।सन् २०२१ काे अगस्टमा अमेरिकी सेना फिर्ता भएपछि तालिबान दाेस्राे पटक अफगानिस्तानकाे सत्तामा आएकाे थियाे । त्यसपछि पाकिस्तान र रुससँगै काबुलमा आफ्नो दूतावास कायम गर्ने तेस्रो देश चीन थियो । भर्खरै भारतमा रहेकाे अफगानिस्तानको दूतावास बन्द गरिएको छ । अहिले तालिबान सरकारले भारतमा नयाँ दूतावास खोल्ने इच्छा व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू