अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५८ | Colorodo: 09:13

राजनीतिक अराजकता र अस्थिरताले देश पछाडि धकेलियो : एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०८० मंसिर १९ गते ६:०७ मा प्रकाशित

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अराजकता र अस्थिरताले देश विकास निर्माणमा पछाडि धकेलिएको बताउनुभएको छ । यही कारण देशको आर्थिक अवस्था झनै कमजोर उहाँको भनाइ थियो । एमालेको जारी मध्यपहाडी लोकमार्ग संकल्प यात्राको क्रममा सल्यानको सल्लीबजारमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बढ्दो अराजकताले देशमा विभिन्न किसिमका अभाव सिर्जना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अराजक र अस्थिरताको फाइदा उठाउँदै देशमा राजावादी सलबलाएका छन् । राजनीतिक दलका नेता नसच्चिए त्यसको परिणाम सबैले भोग्नु पर्छ ।’

एमाले सरकारबाट बाहिरिएको ढाई वर्ष नबित्दै देशमा आर्थिक, सामाजिक, सांस्कृतिक, सुशासन धरापमा परेको र भ्रष्टाचार मौलाएको अध्यक्ष ओलीको दाबी थियो। उहाँले एमाले सरकारको पालामा भएको विकास निर्माण, सुशासन तथा हरेक कामकाज देखेर प्रतिपक्षमा बसेका दल आत्तिएका मात्र नभई उनीहरुले बाह्य शक्तिको आडमा पार्टीभित्र प्रहार गरी एमालेलाई सत्ताबाट बाहिरिन बाध्य बनाएको दाबी गर्नुभयो । दलीय चलखेलका कारण अहिले विकास ठप्प भएको र राजनीतिक प्रतिशोधका कारण एमालेले संचालन गरेका आयोजनासमेत अघि बढ्न नसकेको ओलीको भनाइ छ ।

देशको आर्थिक संकटलाई सुधार्न र पढेलेखेकालाई रोजगारी दिन अहिलेको सरकार नसकेको अध्यक्ष उहाँले आरोप लगाउनुभयो । ‘अहिलेको २१ औं शताब्दीमा विश्वमा धेरै विकास भएका छन् तर हाम्रो देश नेपाल भने अधोगतिमा गएको छ । अधोगतिमा जानुको मुख्य कारण दलीय गतिविधि नै हो, सत्तामा बसेका दलका नेताले राम्रोसँग काम गर्न नसक्नु नै हो’ अध्यक्ष ओलीले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू