अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५८ | Colorodo: 13:13

चोरेर अमेरिका पुर्‍याइएका ४ मूर्ति नेपाललाई हस्तान्तरण

बिआरटीनेपाल २०८० मंसिर १९ गते ५:४७ मा प्रकाशित

चोरी गरेर पुर्‍याइएका चारवटा मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले मंगलबार न्यूयोर्कमा आयोजना गरेको समारोहमा म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट चारवटा मूर्ति नेपालालाई हस्तान्तरण गरिएको हो । कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले म्यानहट्टनका न्यायधिवक्ता श्री एल्भिन ब्राग होमल्याण्ड, सेक्युरिटी इन्भेस्टिगेसन्स-न्यूयोर्क (एचएसआई) सहित अमेरिकी गृह मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले मूर्ति हस्तान्तरण गर्नुभयो ।

१६औं र १७औँ शताब्दीका दुईवटा सुनको भैरव मास्क (मुकुन्डो), शिव र पार्वती (उमा-महेश्वर)  र दुर्गाको ढुंगाको मूर्ति हस्तान्तरण गरिएको हो । नेपाली वाणिज्य दूतावासले म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयलाई यी पुरातात्त्विक सामग्री फिर्ता गर्नका लागि अनुरोध गरेको थियो ।

मूर्ति हस्तान्तरण समारोहमा कार्यवाहक महावाणिज्यदूत गौतमले मूर्ति प्रदान गरेकोमा नेपाल सरकार र जनताको तर्फबाट गहिरो कृतज्ञता व्यक्त गरेका थिए । यी मूर्तिहरु फिर्ता हुँदा हराएको सांस्कृतिक सम्पदाको पुनःस्थापना र ऐतिहासिक सम्पदाको संरक्षणमा नेपालको कदममा महत्त्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू