अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

भारतको मणिपुरमा हिंसात्मक झडप हुँदा १३ जनाको मृत्यु

बिआरटीनेपाल २०८० मंसिर १९ गते ५:५२ मा प्रकाशित

भारतको पूर्वी राज्य मणिपुरमा हिंसात्मक झडप हुँदा १३ जनाको मृत्यु भएको छ । मणिपुरबाट ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने लेइथु इलाकामा भएको घटनामा दर्जनौ घाइते भएका छन् । मणिपुरको अर्धसैनिक बल आसाम राइफल्सका अनुसार गैर–आदिवासी मेइती समुदायलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्ने दर्जामा समावेश गरिएको विरोधमा जातीय प्रदर्शन भएपछि हिंसा भड्किएको हो । हिंसाकै क्रममा दर्शनकारीले घर र पसलहरूलाई लक्षित गरी तोडफोड र आगजनी समेत गरेका छन् ।

मणिपुरमा गत मे ३ देखि ठूलो मात्रामा हिंसा भड्किएपछि मणिपुर तनावग्रस्त बन्दै आएको छ । बहुसख्यक मेइती समूह र आदिवासी कुकी अल्पसंख्यबीचको जातीय द्वन्द्वका कारण मे ३ देखि १ सय ७५ जनाको मृत्यु भइसकेको छ भने ६० हजार विस्थापित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू