अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

श्रीलङ्कामा दैनिक ९ सय ३८ मेट्रिक टन प्लास्टिकजन्य फोहोर उत्पादन

बिआरटीनेपाल २०८० मंसिर १७ गते ६:४६ मा प्रकाशित

श्रीलङ्कामा दैनिक ९ सय ३८ मेट्रिक टन प्लास्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ । तीमध्ये ४ प्रतिशतमात्रै पुन: प्रयोगमा ल्याउन मिल्ने खालको हुने गरेको पाइएको संसद्को सञ्चार विभागले शनिवार संसदीय समितिलाई उद्धृत गर्दै जनाएको छ ।वातावरण, प्राकृतिक स्रोत तथा दिगो विकाससम्बन्धी क्षेत्रीय अनुगमन समितिले ती उत्पादित फोहोरमध्ये ३२ प्रतिशत मात्रै फोहोर सङ्कलन भएको खुलासा गरेको छ । समितिले उद्योगीहरूलाई विना निगरानी सहजरूपमा प्लास्टिक आयात गर्न अनुमति दिनाले पनि समस्या बढ्दै गएको बताएको छ ।

श्रीलङ्काले वार्षिक ४ लाख मेट्रिक टन प्लास्टिक कच्चा पदार्थ र २० हजार मेट्रिक टन फोहोरजन्य प्लास्टिक आयात गर्ने गरेको पनि सञ्चार विभागले जनाएको छ । संसदीय समितिले वातावरणीय अधिकारीहरूलाई प्लास्टिक सङ्कलनका लागि दिइने प्रोत्साहन कार्यक्रम बढाउन निर्देशनसमेत दिएको छ । श्रीलङ्कामा प्लास्टिकजन्य फोहोर गम्भीर समस्याको रूपमा देखा परेको छ ।  समस्या विकराल बन्दै गएपछि सरकारले पुनः प्रयाेगमा ल्यान नमिल्ने खालका प्लास्टिकको जथाभाबी प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू