अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

अमेरिकी शीर्ष कुटनीतिज्ञ ब्लिन्केन इजरायलमा, अस्थायी युद्धविराम विस्तारका लागि पहल गर्ने

बिआरटीनेपाल २०८० मंसिर १४ गते ५:५५ मा प्रकाशित

अमेरिकी शीर्ष कुटनीतिज्ञ एन्टोनी ब्लिन्केन इजरायल पुग्नुभएको छ । अक्टोबर ७ तारिखमा इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध शुरु भएयता तेस्रो शीर्ष भ्रमणका क्रममा उहाँ तेल अभिभमा पुग्नुभएको छ ।

ब्लिन्केनले गाजा पट्टीका लागि अस्थायी युद्धविराम विस्तार र मानवीय सहायता बढाउनेबारे पहल गर्नुहुने बीबीसीले जनाएको छ । दुई पक्षबीच विस्तारित युद्धविराम गएराति सकिएको छ । ६ दिनको अस्थायी युद्धविराम सकिएलगत्तै यसको विस्तारका लागि पहल शुरु भएको छ । मुख्यगरी कतारले अस्थायी युद्धविराम र मानवीय सहायता बढाउन मध्यस्थकर्ताको भूमिका खेलेको छ ।

इजरायल र हमासबीच गाजा युद्धमा विस्तारित युद्धविरामको दोस्रो र अन्तिम दिन हिजो गाजामा बन्धक बनाइएका १६ जनालाई मुक्त गरिएको रेडक्रस र अन्य अधिकारीलाई उद्धृत गरी समाचार संस्था रोयर्टसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू