अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२१ | Colorodo: 15:36

इजरायल र हमासबीचको युद्धविराम थप एक दिन लम्बियो

बिआरटीनेपाल २०८० मंसिर १४ गते ५:५० मा प्रकाशित

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको युद्धविराम थप एक दिन लम्बिएको छ ।इजरायली सेनाले बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै हमाससँगको युद्धविराम कायम रहने बताएको बीबीसीले जनाएको छ । यो सहमति भएसँगै अब युद्धविराम सातौँ दिनमा पनि लागू हुनेछ ।

हमास र इजरायलबीच बन्धकहरूलाई लिएर भएको सम्झौता गएकाे शुक्रवारदेखि लागू भएको छ । यो युद्धविरामको आज छैटौँ दिन हो । जसअन्तर्गत हमासले केही इजरायली बन्धकहरूलाई रिहा गरिरहेको छ र बदलामा इजरायलले आफ्नो जेलबाट केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिरहेको छ । हमासले एक जना बन्धक रिहाइ गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीलाई छाड्ने सहमति भएको थियो । युद्धविराम शुरु भएपछि सहायता र अत्यावश्यक औषधिले भरिएका ट्रकहरू गाजा प्रवेश गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू