अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

नेपालबाट इन्डोनेसिया भ्रमणमा जाँदा स्टिकर भिसा अनिवार्य

बिआरटीनेपाल २०८० मंसिर १३ गते ६:१० मा प्रकाशित

नेपाल हेर्ने ढाकामा रहेकाे इन्डोनेसियाको दूतावासले नेपालबाट इन्डोनेसिया प्रवेश गर्दा स्टिकर भिसा अनिवार्य गरेको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सीमार्फत ई–भिसा ‘प्रोसेस’ गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको दूतावासले बताएको छ ।दूतावासले एक सर्कुलर जारी गर्दै भिसासम्बन्धी सम्पूर्ण काम काठमाण्डाैमा रहेकाे इन्डाेनेसियाकाे अवैतनिक वाणिज्यदूतको कार्यालयमार्फत गर्न सुझाव दिएको छ ।

ई–भिसा आवेदन प्रक्रियामा आएका त्रुटिहरूको मूल्याङ्कन गर्दै दूतावासले अबदेखि नेपालबाट इन्डोनेसिया प्रस्थान गर्दा ई–भिसाका लागि आवेदन नगर्नसमेत आग्रह गरेको छ । नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले नेपालबाट इन्डोनेसिया जाँदा भिसा ‘अन अराइभल’ का लागि पहल भइरहेकाे जनाउँदै नेपालीकाे सहजताका लागि दूतावास तथा इन्डोनेसियाली सरकारले विद्यमान प्रक्रियालाई थप सहजीकरण गर्न नयाँ व्यवस्था लागू भएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू