अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

थाइल्यान्डमा एक बेहुलाले बेहुलीसहित ४ जनालाई गोली हाने

बिआरटीनेपाल २०८० मंसिर ११ गते ५:४२ मा प्रकाशित

थाइल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानी हत्या गरेका छन् । एक थाई खेलाडी तथा पूर्वसैनिकले आफ्नो विवाहमा आफैँलाई गोली हानी आत्महत्या गर्नुअघि आफ्नी दुलही र अरू तीन जनालाई गोली हानेका थाइल्यान्डकाे प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।प्रहरीका अनुसार २९ वर्षका चतुरोङ सुक्सुक र ४४ वर्षकी कञ्चना पचुन्थुकले थाइल्यान्डमा विवाह गरेका थिए । बेलुका अचानक आफ्नो विवाह समारोह छोडेर बाहिर गएकोमा केहीबेरपछि बन्दुकसहित फर्किएर हत्या गरेका प्रहरीले जनाएको छ । उनले श्रीमती, ६२ वर्षकी आमा र ३८ वर्षकी दिदीलाई गोली हानेका हुन् ।

घटनामा अरू दुई जना पाहुनालाई पनि गोली लागेको थियो । उनीहरूलाई अस्पताल लगेको एक जना पाहुनाको पनि ज्यान गएको हो । घटनाको कारण खुलेको छैन । स्थानीय सञ्चारमाध्ययमले विवाह समारोहमै बेहुलीसँग विवाद भएपछि याे घटना भएको उल्लेख गरेका छन् । उनीहरू बिहे गर्नुअघि तीन वर्ष सँगै बसेका थिए । चतुराेङले गएकाे वर्ष इन्डाेनेसियामा भएकाे एसियन पारा गेम्स पाैडीमा रजत पदक जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू