अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

ग्रिसमा १४ जना सवार मालवाहक जहाज समुद्रमा डुब्यो

बिआरटीनेपाल २०८० मंसिर १० गते ५:४१ मा प्रकाशित

ग्रिसको एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको छ । जहाजमा रहेका १४ जना मानिस हराइरहेका ग्रिसका तटरक्षकले बताएका छन् । नौसेनाको एउटा हेलिकप्टरले चालक दलका एक जना सदस्यलाई भने उद्धार गरेको छ ।

जहाज नुनले भरिएको थियो । हराइरहेका चालक दलका सदस्यहरूमा दुई जना सिरियाली, चार जना भारतीय र आठ जना इजिप्टका नागरिक रहेका छन् । डुबेको जहाज र हराइहेकाहरूको खोजी भइरहेको एएफपीले जनाएको छ ।

ग्रिसको तटीय क्षेत्रमा हिजो आएको आँधीका कारण कैयौँ जहाज प्रभावित भएका थिए । ग्रिसको राष्ट्रिय मौसम विज्ञान सेवाले आपत्कालीन मौसमको चेतावनी जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू