अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 01:10

झन्डै ४८ अङ्कले बढेर शेयर बजार हरियाली, कारोबार रकम साढे २ महिनापछिकै उच्च

बिआरटीनेपाल २०८० मंसिर १० गते ५:३७ मा प्रकाशित

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४७ दशमलव ७५ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ९५ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स, बीमा र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज छ्याङ्दी हाइड्रो, भगवती हाइड्रो र विजय लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । यस्तै सात वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन आज इन्फिनिटी लघुवित्त र एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को शेयर साढे दुई प्रतिशतले घटेको छ ।

बजारसँगै आज कारोबार रकम पनि बढेको छ । ६५ लाख ३० हजार कित्ता शेयर दुई अर्ब एक करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । यो पछिल्लो साढे दुई महिनायताकै उच्च हो । गएको भदौ ३१ गतेयता कारोबार रकम दुई अर्ब रुपैयाँ पुग्न सकेको थिएन । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ११ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

 

प्रतिक्रिया