अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२१ | Colorodo: 21:36

संयुक्त राष्ट्र संघको महासभामा अफगानी महिलालाई शिक्षाबाट वञ्चित गर्नु नहुने बहस

बिआरटीनेपाल २०८० असोज १२ गते ६:५६ मा प्रकाशित

संयुक्त राष्ट्रसंघको महासभाका अध्यक्ष डेसि फ्रान्सिसले बिहीबार अफगानी अधिकारीहरुले महिललाई उचित शिक्षा प्राप्त गर्नबाट वञ्चित गर्नु नहुने बताउनुभएको छ । बैठकमा उहाँले अफगानी अधिकारीहरुले महिलालाई उचित शिक्षा प्राप्त गर्नबाट वञ्चित गराउने निर्णयमा पुनः विचार गर्न आग्रह गर्नुभएको हो । उहाँले महिला र बालबालिकाहरुका अपरिहार्य अधिकार हुने गरेको भन्दै मानव अधिकारको उल्लंघन गर्न नहुनेतर्फ सचेत गराउनुभयो ।

अध्यक्ष डेसिले अफगानिस्तानको सो नीतिमा पुनःविचार गरी महिलालाई पनि उचित शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले महिला र बालबालिकाहरु देश र समाजको परिवर्तनका वाहक भएको भन्दै उनीहरुलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष डेसिले बालबालिकालाई शिक्षामा अनुमति नदिनु दुःखद पक्ष भएको बताउनुभयो । यो व्यवहार विश्वव्यापी अराजकता भएको समेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू