अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

कच्चा तेलको भाउ प्रति ब्यारेल १५० डलरसम्म पुग्नसक्ने प्रक्षेपण

बिआरटीनेपाल २०८० असोज ६ गते ६:२६ मा प्रकाशित

आगामी वर्षसम्ममा कच्चा तेलको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुग्नसक्ने प्रक्षेपण गरिएको छ । अमेरिकाको जेपी मोर्गन बैंकका उर्जा विश्लेषकले आगामी वर्ष कच्चा तेलको भाउ १५० डलर पुग्ने दाबी गरेका हुन । तेल बजारमा मन्दी नै छायो भने पनि प्रति ब्यारेल ८० डलर भन्दा तल नझर्ने उनीहरुको दाबी छ ।

अहिलेकै हिसाबाले तेल उत्पादक देशहरुले उत्पादनमा कडाई गरिरहने हो भने मूल्य सजिलै १५० डलर पुग्ने बैंकको तर्क छ । यो वर्ष नै कच्चा तेलको मूल्य ४० प्रतिशत बढिसकेको भन्दै जेपी मोर्गान बैंकका प्रमुख उर्जा विश्लेषक क्रिस्टियान मालेकले उत्पादनमा लगानी नबढाउने हो भने बढ्ने भनेको मूल्य नै हो भनेका छन् ।

उनले सन् २०३० सम्ममा तेल उत्पादनको लगानी ३ खर्ब डलरले घट्ने अनुमान पनि गरेका छन् । तेल उत्पादनमा लगानी घट्दा त्यसले अन्तर्राष्ट्रिय बजारमा उर्जा संकट ल्याउन सक्ने चेतावनी पनि मालेकले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू