अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 04:43

विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित

बिआरटीनेपाल २०८० असोज ६ गते ६:१३ मा प्रकाशित

विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित भएको पाइएको छ । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार विश्वभर २५ करोड जना भन्दा धेरै बालबालिका विद्यालय शिक्षाबाट बञ्चित भएका हुन् । दक्षिण एसियामा ३ करोड ५० लाखभन्दा धेरै बालबालिका उमेर अनुसारको पूर्व प्राथमिक शिक्षामा उपस्थित छैनन् ।संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनिसेफको प्रतिवेदनअनुसार पूर्वप्राथमिक शिक्षाबाट वञ्चित बालबालिकाको सङ्ख्या बढेका देशहरू ठूलो असमानताबाट ग्रसित छन् । न्यून आय भएका देशहरूमा पाँच जनामध्ये एक जना मात्र पूर्वप्राथमिक शिक्षामा भर्ना भएका छन् ।

सन् २०२१ देखि विद्यालय शिक्षाबाट वञ्चित बालबालिकाको संख्या घट्नुको सट्टा बढ्दै गएको र दुई वर्षमा विद्यालय नजाने बालबालिकाको संख्या ६० लाख जनाले बढेर २५ करोड पुगेको उल्लेख छ । विद्यालय नजानुमा युद्ध, आमाहरुको शिक्षाको स्तर, विद्यालय टाढा हुनु लगायतका कारण उल्लेख भए पनि गरिबी नै सबैभन्दा ठूलो निर्णायक कारक हो । प्रतिवेदनका अनुसार अफ्रिकाका ९ करोड ८० लाख जना बालबालिका अझै पनि विद्यालय बाहिर छन् । मध्य र दक्षिण एसियामा विद्यालय बाहिर रहेका बालबालिकाको सङ्ख्या झण्डै ८ करोड ५० लाख जना रहेको छ । यी नतिजाहरू हेर्दा संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्ममा सबैका लागि राम्रो शिक्षा दिने लक्ष्य जोखिम बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू