अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४४ | Colorodo: 16:59

डेनमार्कमा गठन भयो मिलनको नेतृत्वमा ‘नेपाली व्यवसाय संघ’

बिआरटीनेपाल २०८० भदौ २५ गते २०:२७ मा प्रकाशित

डेनमार्क । आफ्नो मातृभूमि छोडेर डेनमार्कमा वसोवास गरिरहेका नेपाली व्यवसायीहरुको वृहत भेलाले ‘नेपाली व्यवसाय संघ’ गठन गरेको छ । गत अगस्ट ३ तारिखमा डेनमार्कमा उच्च शिक्षा अध्ययनका लागि आएका विद्यार्थीहरूले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई व्यवसायमा रुपान्तरण गर्ने सोचका साथ संगठित भई एकबद्ध भएको बताएका छन् ।

राजधानी कोपनहेगनमा बसेको उक्त भेलाले मिलन टि. श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यन अध्यापनसँगै आइटी क्षेत्रमा लामो समय डेकी सक्रिय मिलनलाई भेलाले निर्विरोध अध्यक्ष चयन गरेको हो । सोही भेलाले उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा कृष्ण अधिकारी, कोषाध्यक्ष कुलराज शर्मालाई चयन गरेको छ ।

यस्तै, कार्यसमिति सदस्यतर्फ नरेन्द्र पौडेल, योगेश भट्टराई, बुद्धी सापकोटा, किसोर प्रसाई र सुवर्ण गौतम चयन भएका छन् भने लेखा निरीक्षकको जिम्मेवारी नविन पौडेलले पाएका छन् ।

सोही भेलामा डेनमार्कमा रहेका नेपालीलाई सहयोग गर्ने र सहकार्य गर्ने सम्भावित विषयमा छलफल गरिएको उपाध्यक्ष शशीले जानकारी दिए । उनले भने,‘प्रवासमा आएर नेपालीहरूले गरेको प्रगतिलाई संस्थागत र सहकार्य गरेर अगाडी बढाउने छौं । व्यवसायका क्रममा देखिएका समस्या मात्र नभई अनुभव साट्दा यसले सबैलाई सँगै अगाडी बढ्न मदत गर्छ ।’

नेपाली वस्तुको प्रवर्द्धन गरी डेनमार्कमा नेपाली बजारको स्थापना गर्ने, व्यावसायिक अनुभव साट्दै सहकार्य गर्ने, एकै प्रकृतिका व्यावसायी सहकार्य गर्दै अगाडी बढ्ने, नयाँलाई प्रोत्साहन गर्ने, सूचना एकापसमा सञ्चार गर्ने, स्वास्थ्य प्रतिष्पर्धात्मक बजार निर्माण गर्ने, डेनमार्कमा नेपाली पहिचान स्थापित गर्ने लगायतका विषयमा छलफल गर्नुका साथै यसलाई कार्यन्वयन गर्ने सहमति भएको अध्यक्ष मिलनले जानकारी दिए ।

उनले भने,‘हामी हाम्रो उदेश्यलाई पुरा गर्दै अगाडी बढ्ने छौं । आगामी दिनहरुमा नेपाली संघसंस्थाहरुसँग हातेमालो गर्दै नेपाली तथा स्थानिय डेनिश कम्पनि तथा संघसंस्थाहरूसँग सहकार्य गर्दै व्यावसायसँगै मानवीय सेवाका कामहरु गर्ने छौं । यसको विसुद्ध उदेश्य नै सेवा हो ।’ उनले गठित संस्थामार्फत डेनमार्कमा रहेका नेपालीलाई लाभान्वित हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू