अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 23:39

चीनमा मेघा सिंचाई परियोजना सम्पन्न

बिआरटीनेपाल २०८० भदौ १७ गते ६:२६ मा प्रकाशित

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ६६ हजार हेक्टर भन्दा बढी खेतीयोग्य जमिनमा पानी उपलब्ध गराउने सिंचाई निर्माण परियोजना सम्पन्न भएको छ । शनिबार डेटेङ्ग ग्रोगे वाटर कन्सरभेन्सी परियोजना सम्पन्न भएको हो । परियोजना सन् २०१४ मा सुरु भएको थियो । यो परियोजना गुइपिङ शहरको पर्ल नदी बेसिनमा अवस्थित छ ।

परियोजना बाढी नियन्त्रण,ढुवानी सुविधा,बिजुली उत्पादन र सिंचाई प्रदान गर्न देशको एक महत्वपूर्ण सावित हुने बताइएको छ । ८ अर्ब युआन (करिव १ अर्ब १ करोड अमेरिकी डलर) को कुल लगानीमा सिंचाई परियोजना सम्पन्न भएको हो । चीनले अर्थतन्त्रलाई स्थिर गर्ने,गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने रणनीति अन्तर्गत यो परियोजनालाई पनि लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू