अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१ | Colorodo: 16:46

नई एकेडेमी अस्ट्रेलियाको वुमन अवार्ड तथा तीज महोत्सव सम्पन्न

बिआरटीनेपाल २०८० साउन २८ गते २०:४७ मा प्रकाशित

सिड्नी । नई एकेडेमी अस्ट्रेलियाले तीज महोत्सव भव्य रूपमा सम्पन्न गरेको छ ।११ अगस्ट ग्रानभिलको रातो घरमा एकेडेमीले अस्ट्रेलिया भर रहेका विभिन्न विधामा उत्कृष्ट नारीहरूलाई “नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर- २०२३” अवार्डद्वारा सम्मान गर्नुका साथै तीज विशेष कार्यक्रम भव्य रूपमा मनाएको हो ।

कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनएका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेल, नेपाली समाजकी अगुवा ईन्द्रा वन, एनएसडब्ल्यू पार्लामेन्ट सदस्य डोना डेविस, नारी निकुञ्जकी पूर्व अध्यक्ष प्रतिज्ञा अधिकारी,अनेसास पूर्व अध्यक्ष सानु घिमिरे, एनआरएनए आईसी सदस्य रमेश अधिकारी, एनआरएनए सह कोषाध्यक्ष रोजी पन्थ,नारी निकुञ्ज एनएसडब्ल्यू अध्यक्ष सवला बस्नेत नारी निकुञ्ज पूर्व डेप्युटी कोअर्डिनेटर भवानी पराजुली र रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेल, लगायतको उपस्थिति रहेको थियो ।

नई एकेडेमी अस्ट्रेलियाकी अध्यक्ष सीमा रोशीले सबैलाई स्वागत गर्दै संस्थाको बारेमा जानकारी प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष नन्द गुरुङले एनआरएनएको एउटा उद्धेश्य कला संस्कृतिलाई अगाडी बढाउनु रहेको भन्दै यस्ता कार्यक्रमले नेपाली संस्कृति कला र भाषाको उत्थानका लागि योगदान दिने बताए । उनले यस्ता कार्यक्रम प्रति आफ्नो सदैव सदाशयता रहने बताए । त्यस्तै नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले हालै निर्वाचित एनआरएनएको नयाँ समिति सक्रिय रहेको भन्दै कला संस्कृतिको उत्थानका लागि यस्ता कार्यक्रम आयोजागर्ने र यस्ता सङ्घ संस्थासगं सहकार्य गरेर अगाडी बढ्ने बताए ।

एनएसडब्ल्यू मेम्बर डोना डेविसले नेपाली समुदाय अन्य समुदायजस्तै ठुलो समुदाय रहेको भन्दै उनले नेपाली संस्कृतिलाई महत्वका साथ हेरेको भन्दै अझै अगाडी बढाउन सहयोग गर्ने बताइन् । उनले नेपाली सङ्घ संस्थासगं सहकार्य गर्न आफू सदैव तत्पर रहने बताइन् ।कार्यक्रममा जेनिशा गौतम, निशा केसीले सङ्गीत प्रस्तुत गरेका थिए । उक्त अवसरमा नई एकेडेमी अस्ट्रेलियाले वर्ष नारी घोषणा गरी सम्मान सहित अवार्ड प्रदान गरेको छ । श्वेता मैनाली, उषा किरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, निना शाही, प्रतिज्ञा अधिकारी र अनुषा श्रेष्ठलाई अवार्ड प्रदान गरिएको थियो । निर्णायक मण्डलमा ५ देशमा रहेका नेपाली समाज अगुवाहरूमा अमेरिका वाट श्रीमती गीता खत्री बेलायत बाट सुरेशजंग शाह, भारतबाट सुश्री अप्सरा दाहाल नेपाल बाट अभिनन्दन शर्माले उनीहरूलाई अवार्ड प्रदान गर्ने सल्लाह दिएका थिए । उनीहरूले विभिन्न क्षेत्रमा पुर्‍याएको सामाजिक योगदानका आधारमा मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको हो ।

त्यस्तै आर्ट कल्चर सोसल सर्भिस तर्फ दोस्रो अवार्ड नारी निकुञ्जलाई प्रदान गरिएको छ । भने तेस्रो अवार्ड डा. अचना कोइराला साइन्स एण्ड टेक्नोलोजी तर्फ प्रदान गरिएको छ । तीज महोत्सवमा कलाकारहरू सुनिश कटुवाल, निशा केसी, बिन्दु पौडेल र दिपशी भट्टलगायतले आफ्नो गीत प्रस्तुत गर्दै दर्शकहरूलाई नचाएका थिए भने कार्यक्रम सम्पन्न गर्न लागि सांस्कृतिक संयोजक जेनिशा गौतम, साहित्य सह संयोजक समु उप्रेती, महासचिव प्रनब थापा, सचिव सुनिल कटुवाल, कोषाध्यक्ष सुर्जीत आचार्य, सदस्य निशा गौतम, इन्दिरा भट्ट, साजन भण्डारी , मनोज के.सी सञ्चालक वालमुकुन्द तिमिल्सेना लगायतको विशेष योगदान रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू