अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

सुडानमा सेना र अर्धसैनिक बल आरएसएफबीचको भिडन्त तिव्र

बिआरटीनेपाल २०८० असार २४ गते ७:१८ मा प्रकाशित

अफ्रिकी मुलुक सुडानमा सरकारी सेना र अर्धसैन्य बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भिडन्त तिब्र बन्दै गएको छ । राजधानी खार्तुमबाट केही किलोमिटर टाढा रहेको ओमदुरमान शहरमा भएको हवाई आक्रमणमा २२ जना मारिएका छन् । सरकारी सेनालदे हवाई हमला गरेको आरोप सशष्त्र विद्रोह गरिरहेको आरएसएफले लगाएको छ ।

आवासिय क्षेत्रमा गरिएको आक्रमणमा सयौं घाइते भएका छन् । यसअघि गत महिना खार्तुममा भएको हवाई हमलामा १७ जनाको मृत्यु भएको थियो । आरएसएफका प्रमुख अब्देल फताहले यो हवाई हमलाको निन्दा गर्दै जघन्य अपराधमा सेना जिम्मेवार भएको आरोप लगाएका छन् । सुडानमा सेना र अर्धसैन्य बलबिच गत अप्रीलबाट शुरु भएको द्धन्द्धमा १ हजार १ सय ३० भन्दा बढीको मृत्यु भइसकेको छ भने ७ लाख मानिस बिस्थापित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू