अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 22:48

यमनको हुथी विद्रोही समूहद्वारा पुनः युद्धको चेतावनी

बिआरटीनेपाल २०८० असार १५ गते ६:२७ मा प्रकाशित

यमनको हुथी विद्रोही समूहले सरकारी सेना र साउदी अरब नेतृत्वको गठबन्धनविरुद्ध पुनः युद्ध सुरु गर्ने चेतावनी दिएको छ ।शान्ति वार्ताका क्रममा गठबन्धनले बेइमानी गरेको आरोपसहित यो समूहले यमनबाट गठबन्धन सेनालाई निष्कासित गर्न र नयाँ सैन्य कारबाहीका लागि सक्रिय तयारी गरिरहेको जनाएको छ ।हुथी विद्रोही लडाकुका रक्षा प्रमुख मोहम्मद अल–अतिफीले युद्ध सुरु गर्ने चेतावनी दिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सन् २०१४ को अन्त्यतिर लडाइँ सुरु गरेको हुथी समूह र यमन सरकारबीच सन् २०२२ अप्रिल २ तारिखदेखि युद्धविराम गर्ने सहमति भएको थियो । त्यसपछि छिटपुट घटनाबाहेक यमनमा ठूला आक्रमणका घटना भएका थिएनन् । यमनमा रहेको बारूदी सुरूङ सफाइ परियोजनाले जुन तेस्रो हप्तामा ८ सय ८० वटा बारूदी धराप निष्क्रिय पारेको छ । वर्षौँदेखि चलेको युद्धमा बारूदी धराप र साना विष्फोटक पदार्थ बिछ्याएका छन्, त्यसबाट जोखिम निम्तिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू