अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

रुसको दक्षिणी सहर रोस्तोव–अन–डनको सैन्य क्षेत्र निजी सैन्य कम्पनी ‘वागनर समूह’ को कब्जामा

बिआरटीनेपाल २०८० असार १० गते ६:१४ मा प्रकाशित

रूसको निजी सैन्य कम्पनी ‘वागनर समूह’ ले दक्षिणी सहर रोस्तोव–अन–डनको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको छ ।वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले शनिबार आफ्ना सैनिकले रूसकै सहर रोस्तोवको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।वागनर समूह रूसकै निजी सैन्य संस्था हो । रूसका लागि हजारौंको संख्यामा युक्रेनसँग लडिरहेको वागनर समूह अहिले रूसकै विरूद्धमा उत्रिएको छ । प्रमुख प्रिगोजिनले रोस्तोव सहरका सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको सामाजिक सञ्जालमार्फत दाबी गरेका छन् ।

उनले रक्षामन्त्री सर्गेइ शोइगु र जनरल वालेरी गेरासिमोवले आफूसँग नभेटेसम्म सहरमा नाकाबन्दी गर्ने र मस्कोतर्फ आफ्ना सैनिक बढ्ने बताएका छन् । उनले न्यायका लागि २५ हजार सेना मस्कोतर्फ लागेको दाबी समेत गरेका छन् ।प्रिगोजिनले आफूलाई रोक्न खोज्ने जो–कोहीमाथि पनि आक्रमण गर्ने चेतावनी समेत दिएको बिबिसीले जनाएको छ । स्थानीय गभर्नरले नागरिकलाई घरभित्रै रहन आग्रह गरेका छन् । प्रिगोजिनले भने रूसी सैन्य प्रमुखको आलोचना गर्दै आएका थिए ।शुक्रबार भने आफ्ना सैनिकमाथि रूसी सैनिक प्रमुखले मिसाइल आक्रमण गरेको उनले आरोप लगाएका छन् । आफ्ना सैनिकमाथि आक्रमण गरेको भन्दै प्रिगोजिनले रूसी सैनिक प्रमुखलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

रोयटर्सका अनुसार वागनर समूहले भरोनेजमा रहेको सैनिक क्षेत्रलाई पनि नियन्त्रणमा लिएको छ । मस्कोमा सबै सामाजिक कार्यक्रम पनि रद्द गरिएका छन् । यसबारे रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि जानकारी लिएको बताइएको छ । जानकारी लिएसँगै उनले टेलिभिजनमार्फत सम्बोधन समेत गर्नुभएको छ । पुटिनले सम्बोधन गर्दै वागनर समूहले देशद्रोह गरेको र कारबाही गर्ने चेतावनी समेत दिनुभयो। पुटिनले यो विद्रोह देशको सेनाको पिठ्यूँमा छुरा हानेको टिप्पणी गर्नुभयो । त्यस्तै रूसी सेनालाई उक्त समूहविरूद्ध पनि युद्ध सुरू गर्न आवश्यक निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू