अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५३ | Colorodo: 18:08

एप्पलले आफ्नो महत्त्वाकांक्षी उत्पादन सार्वजनिक गर्दै

बिआरटीनेपाल २०८० जेठ २१ गते ८:३६ मा प्रकाशित

प्रतिष्ठित कम्पनी एप्पलले लामो समयदेखिको महत्त्वाकांक्षी नयाँ हार्डवेयर उत्पादन सार्वजनिक गर्ने अनुमान गरिएको छ ।सोमबारदेखि सुरु हुने यसको वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स ९डब्ल्यूडब्ल्यूडीसी० २०२३ मा मिक्स्ड रियालिटी हेडसेट सार्वजनिक गर्ने अपेक्षा गरिएको हो ।भर्चुअल रियालिटी ९भीआर० र अगमेन्टेड रियालिटी ९एआर० प्रदान गर्ने यस प्रविधिले वास्तविक संसारको भिडियामो भर्चुअल कुराहरू देखाउन सक्छ ।निकै अपेक्षाकृत एआररभीआर हेडसेट एप्पलले २०१५ मा सार्वजनिक गरेको स्मार्टवाचपछिकै महत्त्वपूर्ण हार्डवेयर हुने ठानिएको छ ।

यसले कम्पनीको लागि नयाँ युगको संकेत गर्न सक्छ । लाखौँ मानिसले कम्प्युटर र आफू वरपरको संसारसँग अन्तर्क्रिया गर्ने क्षेत्रमै क्रान्ति ल्याउन सक्छ ।डेभलपर्स कन्फरेन्समा सार्वजनिक हुने ठानिएका धेरै उत्पादनमध्येको एउटा हो । एप्पलले विभिन्न सफ्टवेयर अपडेट, नयाँ म्याकबुक, आईफोन, आईप्याड र एप्पल वाचका लागि नयाँ फिचरलगायतका कुराहरहरू सार्वजनिक गर्ने अनुमान गरिएको छ । वर्ल्डवाइड डेभ्लपर्स कन्फरेन्स क्यालिफोर्नियाको क्युपर्टिनो सहरस्थित एप्पल पार्कमा जुन ९ सम्म चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू