अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 07:19

यस वर्ष विश्वभर नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोगले नयाँ रेकर्ड राख्ने

बिआरटीनेपाल २०८० जेठ १९ गते ६:२० मा प्रकाशित

यस वर्ष विश्वभर नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोगले नयाँ रेकर्ड राख्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले जनाएको छ । पेट्रोलियम पदार्थको बढ्दो मूल्यवृद्धि र सुरक्षा खतराका कारण विश्वभर नै नवीकरणीय ऊर्जाको उत्पादन र खपत परेको एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीलेजनाएको छ ।

यो अङ्ग्रेजी वर्ष सन् २०२३ मा विश्वभर नवीकरणीय ऊर्जा क्षमता १ सय ६ गिगावाटले बढेर ४ सय ४० गिगावाट पुग्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको प्रतिवेदनमा उल्लेख छ । यो वर्ष थपिने नवीकरणीय ऊर्जाको क्षमता अहिले जर्मनी र स्पेनमा भएको कुल ऊर्जा क्षमताभन्दा धेरै हुने पनि एजेन्सीका कार्यकारी निर्देशक फातिह बिरोलले निकालेको विज्ञप्तिले जनाएको छ ।  विश्वको कुल नवीकरणीय ऊर्जाको क्षमता अर्को वर्ष ४ हजार पाँच सय गिगावाट पुग्ने र यो अमेरिका र चीनले खपत गरिरहेको कुल ऊर्जा बराबर हुने पनि उल्लेख छ ।

रुसले युक्रेनमा आक्रमण गरेको विरोधमा युरोपेली देशले रुसी इन्धनको प्रयोगमा कमी ल्याउँदै नवीकरणीय ऊर्जा प्रयोगको पूर्वानुमान् ४० प्रतिशतले बढाएका छन् । सन् २०२१ देखि २०२३ मा सौर्य र हावाबाट निस्कने बिजुलीले एक खर्ब डलर बचत हुने पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू