अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२
| Colorodo: 18:17
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । मङ्गलवार दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले आर्मीलाई २–० गोलले हरायो । जावलाखेलको जितमा दुवै गोल एनकोटो मासोबीले गरे ।
याे जितसँगै जावलाखेल युथ क्लब अङ्क तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । जावलाखेलकाे २३ खेलमा ३७ अङ्क छ । आर्मी उति नै खेलमा ३० अङ्कका साथ पाँचौँ स्थानमा छ ।