अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

अन्तरिक्षमा जाने पहिलो अरबी महिला बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा

बिआरटीनेपाल २०८० जेठ ९ गते ५:२३ मा प्रकाशित

अन्तरिक्षमा जाने पहिलो अरबी महिला रेयाना बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुग्नुभएको छ ।अमेरिकाबाट आइतवार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन–९ रकेटमार्फत् एक्सिओम स्पेसको दोस्रो निजी मिसनमा गएका दुई जनामध्ये रेयाना बर्नावी एक हुनुहुन्छ ।उहाँ अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने योजना छ ।

आईएसएस पुग्नुअघि अन्तरिक्षमा खिचिएको भिडिओमा उहाँले आफूमा र मानवतामा विश्वास गर्नुपर्नेमा जोड दिनुभएको छ । बर्नावीसँगै पुरुष अन्तरिक्षयात्री तथा मिसन विशेषज्ञ अली अलकर्नीसँगै रहनुभएको बीबीसीले जनाएको छ । साउदी अरबमा महिलाहरूले आफैँ गाडी चलाउने अधिकार सन् २०१८ मा मात्रै पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू