अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२ | Colorodo: 01:47

पोर्चुगलमा सुतेकै अवस्थामा बाँके खजुराका एक युवाको ज्यान गयो

बिआरटीनेपाल २०८० जेठ ७ गते ४:५१ मा प्रकाशित

वैदेशिक रोजगारीका लागि आठ महिनाअघि पोर्चुगल पुगेका बाँके खजुराका एक युवाको ज्यान गएको छ । खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको शुक्रवार सुतेकै अवस्थामा ज्यान गएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिनुभएको छ ।

साराङकोटी पोर्तीमाउमा रहेको एक होटलमा कार्यरत हुनुहुन्थ्यो । उहाँ रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू