अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

ठूला अर्थतन्त्र भएका एसियाली देशहरू घट्दो जनसङ्ख्याका कारण चिन्तामा

बिआरटीनेपाल २०८० जेठ ३ गते ७:३१ मा प्रकाशित

एसियाका ठूला अर्थतन्त्र भएका देशहरू घट्दो जनसङ्ख्याका कारण समस्यामा पर्न थालेका छन् । बढ्दो अर्थतन्त्र र घट्दो जनसङ्ख्याका कारण ठूला अर्थतन्त्र भएका एसियाली देशहरूमा असन्तुलन देखिन थालेको बीबीसीले एक रिपोर्टमा उल्लेख गरेको छ ।जन्मदर बढाउन ठूला अर्थतन्त्र भएका देशका सरकारहरूले अर्बाैँ डलर खर्च गरिरहेका भए पनि जन्मदर बढाउने अभियानमा अपेक्षित नतिजा आउन सकेको छैन । दक्षिण कोरियाले धेरै सन्तान जन्माउन प्रोत्साहन गर्ने कार्यक्रमका लागि गएकाे १६ वर्षमा दुई सय बिलियन अमेरिकी डलर खर्च गरिसकेको विवरण सार्वजनिक गरेको छ । जापानले कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतभन्दा धेरै बजेट सन्तान जन्माउन प्रोत्साहन गर्ने कार्यक्रमका लागि छुट्याउन थालेको छ ।

यस्तै जापानको सरकारले सन् १९९० देखि धेरै सन्तान जन्माउन प्रोत्साहन गर्ने उद्देश्यले ठूलो धनराशि खर्च गरिरहेको छ । दक्षिण कोरियाले सन् २००० देखि जन्मदर बढाउन विभिन्न प्राेत्साहनका कार्यक्रम गरिरहेको छ । त्यसअघि सिङ्गापुरले सन् १९८७ मै जन्मदर बढाउने कार्यक्रम अगाडि सारेका थियो । चीनले पनि एक सन्तान नीति खारेज गरेर सन्तान जन्माउने कुरालाई प्रोत्साहन गरिरहेको छ । चीनमा अघिल्लो वर्ष गएकाे ६० वर्षपछि जन्मदर घटेको थियो । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएका भारत र चीन एसियामै भए पनि पछिल्लो समय एसियालीहरू बच्चा जन्माउने विषयमा उदासीन बन्दै गएका बीबीसीले जनाएको छ ।

अर्थतन्त्र उकालो लागिरहेकै बेला ढल्कँदो उमेरका नागरिकको सङ्ख्या बढ्ने र युवाको सङ्ख्या घट्नुले निकट भविष्यमै समस्या आउन सक्ने वर्ल्ड इकोनोमिक्स फोरमले सार्वजनिक गरेको दि ग्लोबल जेन्डर ग्याप प्रतिवेदनले पनि देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू