अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

चीनमा ५ दिनको बिदामा २७ करोड ४० लाख जना घुमघाममा, २१ अर्ब अमेरिकी डलरको कारोबार

बिआरटीनेपाल २०८० वैशाख २१ गते ६:५४ मा प्रकाशित

चीनको आन्तरिक पर्यटन कोरोना महामारीअघिकै अवस्थामा फर्किएको छ । मे दिवसको अवसरमा चीनमा दिइएको पाँच दिने बिदाको अवधिमा देशभर पर्यटकीय गतिविधि थामिनसक्नु भएको बीबीसीले जनाएको छ ।पाँच दिनको अवधिमा दुई करोड ७४ लाख जना चिनियाँ नागरिक देशका विभिन्न ठाउँमा घुमघाममा निस्किएका चीनको पर्यटन मन्त्रालयलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । यो सङ्ख्या सन् २०१९ को तुलनामा २० प्रतिशतले धेरै हो । पर्यटकको घुमघामका कारण पाँच दिनमा २१ अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको छ । यो अघिल्लो वर्षको तुलनामा दोब्बरले धेरै हो ।

पाँच दिनको अवधिमा देखिएको यति ठूलो पर्यटकीय चहलपहल चीनको पर्यटन क्षेत्रका लागि सफलताको मुख्य विन्दु हुने चाइना टुरिज्म एकेडेमीका दाइ बिनले बताउनुभएको छ । चीनले पर्यटकीय गतिविधि खुला गरेपछि आन्तरिक मात्रै नभई बाह्य पर्यटकको सङ्ख्या पनि उत्साहपूर्ण रहेको छ । यो पाँच दिनको बिदामा १२ लाख जना चिनियाँ नागरिकले विदेशमा घुमघाम गरेका पनि खबरमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू