अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

सुडानबाट फर्किए १९ नेपाली

बिआरटीनेपाल २०८० वैशाख २० गते ८:१० मा प्रकाशित

आन्तरिक युद्धमा फसेको अफ्रिकी मुलुक सुडानमा रहेका १९ जना नेपाली त्यहाँबाट फर्किएका छन्। सुडानमा दुई सुरक्षा निकायबीच अहिले द्वन्द्व चर्किएको छ।

परराष्ट्र मन्त्रालयले इजिप्टको कायरोमा रहेको नेपाली दूतावासमार्फत् सुडानमा रहेका नेपालीहसँग सम्पर्क गरेको थियो। इजिप्टस्थित दूतावासकै पहलमा सुडानमा रहेका १९ जनालाई साउदी सरकारको सहयोग पानीजहाजबाट जेद्दा सहरमा ल्याइएको हो। तीमध्ये ६ जना युएईमै बस्ने भएका छन् भने बाँकी १३ जना नेपाल फर्कने भएका हुन्।

तीमध्ये ८ जना बुधबार राति नै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ भने बाँकी ५ जना बिहीबार आइपुग्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू