अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

सुडानमा युद्धरत दुई पक्षबीच एक हप्ता युद्धबिराम लागू गर्ने सहमति

बिआरटीनेपाल २०८० वैशाख २० गते ७:३५ मा प्रकाशित

सुडानमा युद्धरत दुई पक्षबीच एक हप्ताका लागि युद्ध बिराम लागू गर्ने सहमति भएको छ ।युद्धरत सरकारी सेना र अर्धसैनिक बल आरएसएफबीच एक हप्ताका लागि युद्ध बिराम लागू गर्ने सहमति भएको हो । युद्ध बिरामका साथै शान्तिवार्ताका लागि आ–आफ्नो पक्षबाट प्रतिनिधि पठाउन समेत सरकारी सैनिक र आरएसएफ तयार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । युद्ध बिराम यहि मे ४ तारिखदेखि लागू हुने जनाइएकाे छ ।

दुवै पक्षबीच यसअघि भएका युद्ध बिरामका कुनै पनि सहमति कार्यान्वयन भएका थिएनन् । दुवै पक्षले एक अर्कालाई युद्ध बिराम सम्झौता तोडेको आरोप लगाउँदै आएका छन् । सुडानको सेना र अर्धसैनिक बल आरएसएफबीच गत गत अप्रिल १५ तारिखदेखि सुरू भएकाे द्वन्द्वका कारण हालसम्म करिब ५ लाख सुडानी नागरिक घरबार विहीन भएका छन् । १ लाख भन्दा बढीले देश छाडिसकेका छन् ।

सुडानको सेना र अर्धसैनिक बल प्यापिड सपोर्ट फोर्स (आरएसएफ) को नेतृत्वबीच शक्ति बाँडफाँटको विषय नमिल्दा गत अप्रिल १५ देखि दुवै सुरक्षा निकायबीच लडाइँ सुरु भएको थियो । दुवै सुरक्षा निकायबीच लडाइँ सुरु भएको साेमबार १८ दिन भइसकेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू