अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२८ | Colorodo: 12:43

चलचित्र ‘बिच्छेद’ को प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक

बिआरटीनेपाल २०८० वैशाख २ गते २:५४ मा प्रकाशित

चलचित्र ‘बिच्छेद’ को प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक भएको छ ।सत्यराज चौलागाईद्वारा निर्देशित यस चलचित्रको प्रदर्शन मिति उल्लेख गर्दै शनिबार निर्माण टिमले एउटा पोस्टर सार्वजनिक गरेको हो । आगामी मंसिर ८ गतेबाट प्रदर्शन मिति तोक्दै सार्वजनिक गरिएको उक्त पोस्टरमा चलचित्रका प्रमुख दुई पात्र अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवा फिचर्ड रहेका छन् ।

तर, उनीहरुको अनुहार भने देखाइएको छैन । उनीहरू कहीं डाँडामा बसेर सेता हिमाल हेर्दै गरेको अवस्थामा प्रस्तुत भएका छन् । चलचित्रमा मुकुन र लक्ष्मीका अलावा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राज उपाध्याय र जीवन थापा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । मुकुन र लक्ष्मीले यसअघि चलचित्र ‘बुलबुल’ मा गरेका थिए ।

विश्व व्यापी रूपमा फैलिएकाे काेराेना महामारीको चपेटामा परेर चलचित्रकाे छायांकन बीचमै रोकिएकाे थियाे । ३ वर्षपछि बाँकी चलचित्र छायांकन गरिएको हो । नेपालमा रिलिज भएसँगै अन्य विभिन्न मुलुकहरुमा समेत एकसाथ चलचित्र प्रदर्शनको तयारी भइरहेको निर्माण टिमले जनाएकाे छ ।

प्रतिक्रिया