अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३६ | Colorodo: 03:51

विश्वमा झण्डै ३० करोड मानिसको रोजगारी गुम्नसक्ने

बिआरटीनेपाल २०७९ चैत १५ गते ७:१८ मा प्रकाशित

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात ए.आई.को कारणले विश्वमा झण्डै ३० करोड मानिसको रोजगारी गुम्नसक्ने एक अध्ययनले देखाएको छ ।अमेरिकी बहुराष्ट्रिय लगानी बैंक ‘गोल्डम्यान साक्स’ले गरेको अध्ययन अनुसार ए.आई अर्थात ‘कृत्रिम मुद्धिमता’ले आगामी दिनमा संसारमा ३० करोड रोजगारी घटाउन सक्छ ।

‘च्याट जिपिटि’ जस्ता ए.आई.को विकासले मानव श्रम र स्रोत साधन उपभोग गर्नुपर्ने बाध्यताबाट रोजगारदाता कम्पनीहरुलाई मुक्त गराउनेछ ।यसले अमेरिका र युरोपियन श्रम बजारबाट एक चौथाई परम्परागत रोजगारी प्रतिस्थापन हुनसक्छ ।

ए.आई.को प्रयोगले विश्वव्यापी रूपमा वस्तु र सेवाहरूको उत्पादनमा भने ७ प्रतिशतको बृद्धि हुने अध्ययनको निष्कर्ष छ ।प्रतिवेदन अनुसार विश्वका अहिलेका ६० प्रतिशत कामदारहरू सन् १९४० भन्दा अगाडि अस्तित्व नभएका पेशाहरूमा छन् ।

सन् १९८० को दशकमा आएको प्राविधिक परिवर्तन र दक्षताले रोजगारी सृजना गर्नुभन्दा छिटो कामदारहरूलाई विस्थापित गरेको देखिन्छ । ए.आईको अहिलेको विकासलाई सूचना–प्रविधिको अघिल्लो प्रगति जस्तै मान्ने हो भने निकट भविष्यमा यसले विश्वमा अभूतपूर्व गतिमा रोजगारी घटाउन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू