अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

जर्मनीमा महँगी विरूद्ध हडताल, यातायात–हवाई तथा बन्दरगाह सेवा ठप्प

बिआरटीनेपाल २०७९ चैत १४ गते ७:४४ मा प्रकाशित

जर्मनीमा कर्मचारी तथा मजदुर हडतालका कारण सार्वजनिक यातायात तथा अन्य सेवा प्रवाहका क्षेत्र ठप्प भएका छन् ।बढ्दो महँगी र महँगी अनुसारको वेतन वृद्धिको माग गर्दै जर्मनीका दुई वटा ठूला ट्रेड युनियनले देश ब्यापी २४ घण्टे बन्द आह्वान गरेका हुन् । जसका कारण हवाई, रेल तथा वस सेवा र बन्दरगाह समेत ठप्प भएका छन् ।

हडतालमा सार्वजनिक क्षेत्रमा काम गर्ने २५ लाख कर्मचारी तथा मजदुर सहभागी भएका छन् । पछिल्ला केही दशक यताको सबै भन्दा ठूलो भनिएको हडतालको समर्थनमा भएको प्रदर्शनबाट पैदल यात्रुलाई समेत हिंड्न कठिन भएको जनाइएको छ । हडतालका कारण सोमबार हवाई यात्रु मात्रै ३ लाख ८० हजार जना प्रभावित भएको जनाइएको छ ।

रुस–युक्रेन युद्धपछि चर्किंदै गएको महँगीले सर्वसाधारण बाच्नै धौ–धौ हुने अवस्थामा पुगेको भन्दै मजदुर संगठनहरुले विरोधका कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू