अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 02:42

चिनियाँ राष्ट्रपति सी आज रूस भ्रमणमा जाँदै

बिआरटीनेपाल २०७९ चैत ६ गते ७:३४ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार रुस भ्रमणमा जाँदै हुनुहुन्छ ।रुसले युक्रेनमा आक्रमण गरेपछि चिनियाँ राष्ट्रपति सी पहिलो पटक मस्को जान लाग्नुभएको हो । सीको यो भ्रमणलाई पश्चिमा जगतले विशेष चासोका साथ हेरिरहेको छ ।

पछिल्लो समय चीनले रुस–युक्रेन युद्ध अन्त्यका लागि शान्ति प्रस्तावको पहल गरिरहेको छ । चीन र रुसबीच हुन सक्ने नयाँ सहमतिप्रति पनि विश्व जगतको तीब्र रूपमा चासो देखिएको छ । चीन र रुसबीच हुने सहमतिले विश्वमा नयाँ ध्रुवीकरण हुन सक्ने भन्दै अमेरिकासहित पश्चिमा देशहरु सशंकित बनेका छन् । राष्ट्रपति सीको भ्रमणको कार्यक्रम र दुई देशबीच हुने वार्ताका एजेण्डा भने सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू