अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

सिलिकन भ्यालीपछि अमेरिकाको सिग्नेचर बैंक पनि बन्द

बिआरटीनेपाल २०७९ फागुन २९ गते ७:३५ मा प्रकाशित

अमेरिकामा सञ्चालनमा रहेको अर्को बैंक सिग्नेचर पनि बन्द भएको छ । त्यहाँको नियामक निकायले आइतबार साँझ विज्ञप्ति निकालेर सिग्नेचर बैंक बन्द भएको घोषणा गरेको हो । अमेरिककै ठूला बैंकमध्येको एक सिलिकन भ्याली बन्द भएको २ दिन पछि सिग्नेचर बैंक पनि बन्द भएको घोषणा गरिएको छ ।

अमेरिकाको ट्रेजरी, फेडरल रिजर्भ र फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी)ले आइतबार संयूक्त विज्ञप्ति जारी गर्दै सम्भावित बैंकिङ संकट रोक्नका लागि न्यूयोर्कस्थित सिग्नेचर बैंक बन्द गराएको जानकारी दिएका हुन् । यो बैंक बन्द भएसँगै अमेरिकामा तेस्रो ठूलो बैंकिङ असफलता (दुर्घटना) भएको विज्ञप्तिमा उल्लेख छ ।

बैंक बन्द भए पनि उक्त बैंकमा रहेका निक्षेपकर्ताको सबै निक्षेप सुरक्षित हुने पनि नियामक निकायहरुले बताएका छन् । क्रिप्टोकरेन्सी उद्योगमा लगानी गर्ने मुख्य बैंकमध्ये सिग्नेचर बैंक पनि एक हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयर्टसका अनुसार डिसेम्बर ३१ सम्म सिग्नेचर बैंकको कुल सम्पत्ति ११०.४ बिलियन अमेरिकी डलर र कुल निक्षेप ८८.६ बिलियन डलर रहेको छ । यो बैंक न्यूयोर्क, कनेक्टिकट, क्यालिफोर्निया र नर्थ क्यारोलिनाभर ३८ वटा निजी ग्राहक कार्यालय भएको न्यूयोर्कमा आधारित वाणिज्य बैंक हो । बैंकको स्थापना सन् २००१ मा स्थापना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू