अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०२ | Colorodo: 17:17

हङकङमा प्रदर्शनमा संलग्न व्यक्ति विरूद्धको मुद्दाको सुनुवाई शुरु

बिआरटीनेपाल २०७९ माघ २४ गते ६:३१ मा प्रकाशित

हङकङमा सन् २०१९ को मध्यमा भएको सरकार विरोधी प्रदर्शनमा संलग्न व्यक्तिहरू विरुद्धको मुद्दाको सुनुवाई सुरु भएको छ ।सोही मुद्दाको सुनुवाईमा करिब ४७ जनालाई विवादास्पद राष्ट्रिय सुरक्षा ऐन उल्लंघन गरेको आरोप लगाइएको हो । यी मुद्दाहरूको सामना गर्ने हङकङका सर्वसाधारणदेखि प्रख्यात प्रजातन्त्र समर्थक नेताहरु समेत रहेका छन् ।

राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको अभियोग सामना गरिरहेका उनीहरु मध्ये अधिकांश दुई वर्षदेखि हिरासतमा रहेका छन् । मुद्दाको सुनुवाईका क्रममा समर्थकहरूले भने अदालत बाहिर प्लेकार्ड बोकेर मुद्दाको विरोध गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू