अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४८ | Colorodo: 16:03

ब्राजिलमा फुटबल टिम बोकेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २९ घाइते

बिआरटीनेपाल २०७९ माघ १७ गते ५:५७ मा प्रकाशित

ब्राजिलमा एक किशोर फुटबल टिम उपाधि जितेर फर्किँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। बसमा इस्पोर्टे क्लबका खेलाडीहरु रहेका थिए। उनीहरु उवापोरङ्गामा एक प्रतियोगिता खेलेर फर्किरहेका थिए। एक पुलमा पुग्दा ड्राइभरले कन्ट्रोल गुमाउँदा बस ३२ फिट तल खसेको जनाइएको छ।दुर्घटनामा परी २९ जना घाइते भएका छन्। मृत्यु हुनेमा ३ जना किशोर खेलाडी रहेका छन् भने एक जना युवा खेलाडी रहेका छन्। तीन जनाको उमेर १४ देखि १७ वर्षको भएको जनाइएको छ।

उनीहरु उवापोरङ्गाबाट आफ्नो सहर डुक्वे डि काक्सियास फर्किरहेका थिए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई आईसीयुमा राखेर उपचार भइरहेको जनाइएको छ। दुर्घटनामा परेका एक १६ वर्षीय खेलाडीले भने, ‘उपाधि जितेर सबै खुसी मनाएर आउँदै थियौँ। तर दुर्भाग्य, दुर्घटनाको समयमा धेरै जना निदाएका थियौँ।’ बसमा ३१ प्यासेन्जर र ड्राइभर रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू