अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 21:58

इजरायलको जेरुसेलममा बन्दुकधारीको आक्रमणमा ७ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ माघ १४ गते ६:४१ मा प्रकाशित

इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ ।वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण भएको एक दिन पछि भएको गोली हानाहानमा सो घटना भएको बताइएको छ ।वेस्ट बैंकमा इजरायली सेनाको आक्रमणपछि हिंसा बढ्दै गएपछि एक बन्दुकधारीले इजरायली बस्तीमा गोली चलाउँदा सात जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणमा घाइते भएका १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अधिकारीहरुले ७० वर्षका वृद्ध र १४ वर्षका बालकसहित १४ जनामाथि बन्दुकधारीले गोली चलाएको बताएका छन् ।पूर्वी जेरुसेलमका एक जना २१ वर्षका युवा सो आक्रमणमा संलग्न भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।प्यालेस्टाइनी इस्लामिक जिहादले सो आक्रमणको प्रशंसा गरेपनि घटनाको कसैले जिम्मा नलिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

कब्जा गरिएको वेस्ट बैंकमा इजरायली सेनाको आक्रमणमा गत वर्ष कम्तिमा दुई सय जना प्यालेस्टाइनी लडाकू र सर्वसाधारण मारिएका थिए ।इजरायल र कब्जा गरिएको क्षेत्रमा प्यालेस्टाइनीहरुले गरेको आक्रमणमा इजरायली नागरिक र सेना पनि मारिएको समाचारमा जनाइएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले वेस्ट बैंकको भ्रमण गर्ने भनिएको केही दिनअघि नै हिंसात्मक आक्रमण भएको हो । घटना लगत्तै सरकारी अधिकारीहरुले सो क्षेत्रको भ्रमण गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू