अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

मोदीबारे बीबीसीले बनाएको वृत्तचित्र यूट्यूब र ट्वीटरमा ब्लक गर्न भारत सरकारको आदेश

बिआरटीनेपाल २०७९ माघ ८ गते ६:०३ मा प्रकाशित

भारतको सूचना र प्रसारण मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बीबीसीले बनाएको वृत्तचित्रलाई यूट्यूब र ट्वीटरमा ब्लक गर्न आदेश दिएको छ ।बीबीसीले भारतमा वृत्तचित्र प्रसारण नगरेको भए पनि केही यूट्यूब च्यानलमा भिडियो अपलोड गरेपछि भारत सरकारले ब्लक गर्न निर्देशन दिएको हो ।साथै, मन्त्रालयले भिडिओको लिंक शेयर गर्ने झण्डै ५० वटा ट्विटर पोस्टहरूलाई पनि हटाउन निर्देशन दिएको बीबीसी हिन्दीले जनाएको छ । मन्त्रालयका सचिव अपूर्व चन्द्रले आइटी नियम २०२१ अन्तर्गत आदेश दिनुभएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा बनाइएको बीबीसीको वृत्तचित्र भारतमा अरु माध्ययमबाट प्रसारणमा पनि भारत सरकारले रोक लगाएको छ ।वृत्तचित्रले सन् २००२ मा गुजरात भएको दगामा प्रधानमन्त्री मोदीको नेतृत्वमा प्रश्न उठाएको छ । वृत्तचित्रको कुनैपनि क्लिप सामाजिक सञ्जालमा समेत सेयर गर्न प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।

मोदी पश्चिमी राज्य गुजरातको मुख्यमन्त्री भएको बेला त्यहाँ साम्प्रदायिक दंगा भएको थियो । दंगामा सरकारी गणनाअनुसार एक हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । ज्यान गुमाउने धेरैजसो मुस्लिम थिए । हिन्दू तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ५९ जनाको ज्यान गएपछि हिंसा भड्किएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू